अनिल खत्री, गुल्मी । नेकपा केपी ओली पक्षका स्थायी कमिटी सदस्य एबम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जार प्रधानमन्त्री बन्ने खेलमा लाग्नाले पार्टीमा समस्या आएको बताए । नेकपा गुल्मीले जिल्ला सदमुकाम तम्घासमा आयोजित ओली समूहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका नेकपा इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रचण्डले चोरबाटोबाट प्रधानमन्त्री र पार्टी कब्जा गर्ने रणनितिमा लागेको आरोप लगाए ।
उनले गलत बाटोबाट माधन नेपाललाई पार्टीको अध्यक्ष चाहिएकाले पार्टी बिभाजन गर्ने खेलमा लागेको बताए । तत्कालिन समयमा नेकपा एमालेलाई नभाले नपोथी बनाउने माधव नेपालको नेतृत्वबाट कुनैपनि हालतमा पार्टी अगाडी बढन नसक्ने बताए ।
प्रधानमन्त्री बिरुद्धमा गरिएको अबिश्वासको प्रतावको खेलले नै पार्टीमा संकट आएको बताउनु भयो । उनले प्रथम अध्यक्षका विरूद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको अभियोगपत्र नै अहिलेको संकटको मुख्य कारण भएको बताए । देश निर्वाचनमा गएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजनको अवस्था आयोः मुख्यमन्त्री पोखरेल
प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजनको अवस्था आयोः मुख्यमन्त्री पोखरेल
Advertisement
तपाईको प्रतिक्रिया