गोरखामा एकै परिवारका तीन जना मृत फेला

काठमाडौँ । गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्र तीन जना मृत अवस्थामा फेला परेका हुन् ।

बेलुका सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए । बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनीहरूको मुखबाट फिँज आएको छ । इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षकको टोलीद्वारा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घरभित्र ८४ वर्षीय तिलबहादुर गुरुङ, १२ वर्षीया उषा गुरुङ र २१ वर्षीया आइतकुमारी गुरुङ मृत फेला परेका हुन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.