अनिल खत्री, गुल्मी । पुर्व मन्त्री तथा प्रचण्ड–माधब निकट नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले केपी ओलिले कम्युनिस्टले प्राप्त गरेको दुई तिहाई समृद्धिको लागि भएपनि त्यो अभिमत प्रधानमन्त्रीले आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरिएको बताए । गुल्मीको सदरमुकाम तम्घासमान प्रचण्ड(माधब निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधाननै धरापमा पारेको बताए ।
अझै पनि केपी ओलिको खेल जारी रहेकाले निर्वाचन आयोग थर्काउनने र सुर्य चिन्ह माग्ने काम गरिएको बताए । उनले केपिको दम्बलेभन्दा कानुन अनुसार सुर्य चिन्ह् बहुमत सदस्यले पाउने भएकाले दिवा सपना नदेख्न आग्रह गरे ।
प्रतिगमन र प्रतिगामीका विरुद्धको आन्दोलनमा युवा नेतृत्वको मनमा पार्टी हातमा झन्डा बोकेर आन्दोलनको अगुवाई गर्ने बिष्टले प्रतिबद्धता ब्यत्त गरे । अहिलेको सरकार स्वास्थबाट बन्चित नागरिकको समस्यासँग भन्दा नौटन्की गरेर सत्ता जोगाउने खेलमा लागेको आरोप बिष्टले लगाए ।
निर्वाचनमा समृद्धिको चास्नी देखाएर अराजकता निम्त्याउनु निकै दुर्भाग्यपूर्ण भएको बताए ।
ओलिले दुई तिहाइको अभिमत उत्तेजना र स्वार्थमा प्रयोग भयो नेता ः बिष्ट
ओलिले दुई तिहाइको अभिमत उत्तेजना र स्वार्थमा प्रयोग भयो नेता ः बिष्ट
Advertisement
तपाईको प्रतिक्रिया