शिब राज खनाल, दाङ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा दाङमा राष्ट्रियस्तरको टेवलटेनिस प्रतियोगिता हुने भएको छ ।
खुमबहादुर खड्काको तेश्रो स्मृति दिवस पारेर चैतको १६ गतेदेखि २० गतेसम्म तुलसीपुरमा राष्ट्रियस्तरको प्रतियोगिता हुन थालेको हो ।
स्वर्गीय नेता खड्काको सम्मानसँगै उनको योगदानलाई नयाँ पुस्तालाई चिनाउने उद्देश्यले युथस अफ तुलसीपरले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न थालेको युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीले जानकारी दिए । ‘दाङका विकासप्रेमी नेता खड्काको योगदानको सम्मानसँगै उनको योगदानलाई पछिल्लो पुस्ताले पनि सम्झियोस भनेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेका छौ’–अध्यक्ष गिरीले–‘यस प्रतियोगिताले दाङको खेलकुद क्षेत्रको विकाससँगै स्वर्गीय नेता खड्काको सम्मानको अपेक्षा गरेका छौ ।’
उनका अनुसार स्वर्गीय नेता खड्काले युवाहरुको विकासका लागि गरेको योगदानलाई सम्झने माध्यम समेत भएको उनले बताए । प्रतियोगितामा महिला र पुरुषहरुको छुट्टाछुट्टै खेलहरु हुने छन् । प्रतियोगितामा आठ वटा इभेन्टसमा खेलहरु हुने भएका छन् । जसमा प्रथम, द्धितिय र तृतीय हुने टिमहरुलाई ४ लाख ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने भएको खेल संयोजक अरुण लहरेले जानकारी दिएका छन् ।
जस अन्तर्गत प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
यसैबिच महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई नगद १० हजार ,प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने लहरेले बताए ।
प्रतियोगीतामा पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागीताका लागि इच्छकु टिमले चैत्रको १४ गतेसम्म टिम दर्ता गराउन आयोजकले सवैमा आग्रह गरेको छ । प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको टेवलटेनिस कर्भडहल÷बहुउद्देश्यल कर्भडवलमा हुने भएको छ । पत्रकार सम्मेलन अध्यक्ष बसन्त गिरीको अध्यक्षता तथा टेवलटेनिस संघ दाङका अध्यक्ष सिताराम शर्मा आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सहजीकरण खेल संयोजक अरुण लहरेले गरेका थिए ।