कामना डेली, काठमाडौं। अहिलेका भाइरल गायक अलिफ खानको स्वरमा रहेको नयाँ गीत ‘छुदिन म जाले रुमाल’ चर्चामा छ ।
सोमबार डिभाइन म्युजिकको युटुब च्यानल मार्फत गीतको भीडियो सार्वजनिक भएको छ। उक्त गीतमा नारायण काईलोको शब्द र अर्जुन पोख्रेलले संगीत गरेका छन। विधान कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा इन्जमाम अलि खान र श्रेया सिटौलाको उत्कृष्ट्र अभिनय देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहाल सम्पादन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन् ।
विगत १० बर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत अलिफ एक युट्युव च्यानललाई अन्तरबार्ता दिएपछि बल्ल चर्चामा आएका हुन् । अलिफ, चर्चामा आएपछि अर्जुनले उनीसँग सहकार्य गरेका हुन् । यसअघि झन्डै आधा दर्जन गीतमा स्वर दिएका अलिफले ‘ छुदिन म जाले रुमाल’ गीत उत्कृष्ट बनेको दाबी गर्दै भने, ‘यो गीत राम्रो छ । यसमा मिहिनेत पनि धेरै गरेका छौँ ।’
भिडियो हेर्नुहोस