शिब राज खनाल,देउखुरी । प्रज्वल स्मृती अध्ययन केन्द्रले आयोजना गरेको सप्ताह ब्यापी कार्यक्रम मँगलबार सकिएको छ ।
बार्षिक कार्यक्रम अन्तरगत अध्ययन केन्द्रले सप्ताह ब्यापी कार्यक्रम नतरगत गढवा गाउपालिका वडा नम्बर ४ मा सितरियो कराते , नित्य र वडा नम्बर ५ कृकेट खेलको आयोजना गरेको थियो ।
नृत्यमा १० समुहले सहभागी जनाएका थिए भने क्रिकेट र कराँतेमा समान ९/९ टिम सहभागी थिए ।
नृत्य प्रतियोगितामा आयोजक टिम पहिलो र महादेवा क्लब दोस्रो भएको छ । भने मध्यनगर नृत्य क्लबले त्यस्रो स्थान हाँसिल गरेको छ । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले समान ५/५ हजार र त्यस्रो हुनेले ३ हजार नगद र प्रमान पत्र प्राप्त गरे । त्यस्तै देउखुरी ब्यापी क्रिकेट प्रतियोगितामा राप्तीद्वार युवा क्लब पहिलो भएको छ भने देउखुरी क्रिकेट क्लब लमहीले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद २० हजार र दोस्रो हुनेले १० हजार पुरुस्कार पाउनुका साथै मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा गँगापरस्पुर डोजो टिम पहिलो हुँदै नगद १० हजार पुरस्कार पाएको छ । त्यस्तै गोबरडिहा डोजो टिम दोस्रो भएर ७ हजार पाएको छ भने त्यस्रो हुने सनलाईट डोजो लमहीले ५ हजार सहित मेडल प्रमाणपत्र पाएको छ। प्रतियोगितामा आयोजक टिम र गँगापरस्पुर कराँते डोजो समुहलाई सान्त्वना स्वरुप समान १/१ हजार प्रदान गरिएको थियो ।
प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाका अध्यक्ष मधुसुदन वलीको अध्यक्षता तथा प्राध्यापक रश्मिराज पाण्डेयको प्रमुख आतिथ्य एबम् क्रिकेट संघ दाङका पुर्ब अध्यक्ष किशोर चन्द्र गौतमको विशिष्ट आतिथ्यतामा सप्ताहब्यापी प्रतियोगिताको समापन गरिएको हो । प्रतियोगिताका सँयोजक गोबिन्द वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका पुर्ब प्रमुख शेषमणी गौतम, क्याम्पसकै उपाध्यक्ष प्रकाश जिसी, दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती, प्रज्वल स्मृती अध्ययन केन्द्रका सँयोजक प्रदिप राज शर्मा लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण सँस्थाका सदस्य गोबिन्द पौडेलले गरेका थिए । समापनको अबसरमा शिक्षा क्षेत्रमा लामो समयदेखी योगदान पुर्याएको भन्दै रामस्वरुप बर्मालाई सम्मान पनि गरिएको थियो ।
१३ गतेदेखी शुरु भएको विभिन्न खेलकुद सहितको देउखुरी ब्यापी प्रतियोगिताको सम्पुर्ण खर्च केन्द्रका संरक्षक प्रदिपराज शर्माले गरेका हुन् । स्वर्गिए प्रज्वल शर्माको स्मृतीमा सञ्चालित ‘प्रज्वल स्मृती अध्ययन केन्द्र’ ले सप्ताह ब्यापी प्रतियोगिताको आयोजना गरेको हो । केन्द्रले खेलप्रतीको रुचि अभिबृद्दी गर्न बर्सेनि खेलकुद प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । आगामी बर्षहरुमा विभिन्न बिधाहरु थप्दै थप प्रभाबकारी ढँगले प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पुर्ण खर्च ब्यहोर्ने प्रदिपराज शर्मा, स्वर्गीय प्रज्वल शर्माका बुवा हुन । छोराको सम्झनामा उनले केन्द्रनै सञ्चालन गरि क्रियासिल बनाएका छन् ।