लुम्बिनी। लुम्बिनीको विकास र प्रर्बद्धनको लागि प्रदेश सरकारहरुले सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात मुलुकका सातै प्रदेशका मन्त्री, सचिवहरुले उक्त प्रतिबद्धता ब्यक्त गर्नुभर्एको हो ।
सातै प्रदेशका मन्त्री, सचिव तथा महान्याधिवक्ताहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमनि शाक्यले स्वागत गर्दै बुद्ध जन्म स्थल लुम्बिनीको बारेमा बताउनुभएको थियो । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी, गण्डकी प्रदेशका आन्तारिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, प्रदेश नम्बर १ का आन्तारिक मामिला तथा कानून मन्त्री हिम्मत कुमार कार्कि, कर्णाली प्रदेशका आन्तारिक मामिला तथा कानून मन्त्री नरेश भन्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । यसैगरी प्रदेश १ का सचिव, प्रदेश २ का सचिव, बागमति प्रदेश सचिव, गण्डकी प्रदेशका सचिव, लुम्बिनी प्रदेशका सचिव, कर्णाली प्रदेशका सचिव र सुदुर पश्चिम प्रदेशका सचिवहरु तथा महान्याधिवक्ताहरुले अध्ययन अवलोकन भ्रमण गर्नुभएको कोषका बरिष्ठ प्रशासकिय अधिकृत ज्ञानिन राईले बताउनुभयो ।
लुम्बिनी भ्रमणकोलागि आएका मन्त्री, सचिव तथा महान्याधिवक्ताहरुलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बुद्धिज्मको बारेमा जानकारी गराउनु भएको थियो ।
भ्रमणको क्रममा प्रदेशका मन्त्री तथा सचिवहरुले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रबद्र्धनकोलागि प्रदेश सरकारहरुले पनि सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको हो । उहांहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रम समेत बनाउन सकिने बताउनु्भयो ।