प्यूठान । ज्योति विकास बैंकले नवजात शिशुलाई चिसोबाट बचाउने बेबी वार्मर प्यूठान अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपानेले प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट सबु काफ्mेलाई वेवी वार्मर हस्तान्तरण गरेका हुन् ।
ज्योति विकास बैंक बाग्दुला शाखाका प्रवन्धक टिपक खडकाको सहजीकरणमा भएको हस्तान्तरण कार्यक्रममा प्यूठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी अस्पताल व्यवस्थापक राजन घिमिरे लगायतको उपस्थिति रहेको थियो । वेवी वार्मरले प्यूठान अस्पतालको प्रसुती सेवा थप प्रभावकारी हुने विश्वास गरिएको छ ।
बैंकले डा. महाविर पुनले प्रवद्र्धन गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सामाजिक उत्तरदायित्वको विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ ।
हाम्रो विकास प्रवद्र्धन कोष अन्तर्गत बैकको ८ लाख रुपैया वेवी वार्मर निर्माणका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई उपलव्ध गराएको थियो । राष्ट्रिय आविष्कार केन्द्रले प्रवद्र्धन तथा निर्माण गरेका १० वटा वेवी वार्मर नेपालका ग्रामीण तथा पहुँच नपुगेका अस्पतालरुलाई हस्तान्तरण गरिएको हो ।
नेपाली समाजमा स्थानीय स्तरमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागरगर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष“ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको बैंकका सूचना अधिकारी रामहरी आचार्यले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु.४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब ३७ अर्ब ५९ करोड रुपैया लगानी गर्न सफल भएको छ ।
बेबी वार्मर प्यूठान अस्पताललाई हस्तान्तरण
बेबी वार्मर प्यूठान अस्पताललाई हस्तान्तरण
Advertisement
तपाईको प्रतिक्रिया