काठमाडौ। रबि लामिछानेले ‘न्युज २४’ छोडेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’का प्रस्तोता रबि लामिछाने ५ बर्ष पछि न्युज २४ छोडेका हुन् ।
बुधबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टयाटस पोष्ट गर्दै आफुले News 24 टेलिभिजन छोडेको बताएका हुन। भोलि प्रसारण हुने कार्यक्रमनै News 24 टेलिभिजनमा प्रसारण हुने अन्तिम कार्यक्रम हुने लामिछानेले उल्लेख गरेका छन्। साथै लामिछानेले News 24 को परिवारलाई धन्यबाद समेत व्यक्त गरेकाछन ।
रबि लामिछानेले लेखेको स्ट्याटस हेर्नुहोस
भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।