बुटवल। बुटवलमा आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर एक जनाले गोली चलाएको प्रहरीले जनाएको छ । बुटवलमा आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर एक जनाले गोली चलाएका हुन ।
Advertisement
बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो। राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ।