सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तु, सशस्त्र प्रहरी नेपालले पछिल्लो समय समाजिक क्रियाकलापमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । कोभिड १९ आर्थात कोरोना भाइरसको कहरको विच सशस्त्र प्रहरीले विभिन्न स्थानमा समुदायस्तरको काम गरेको छ । कहिले निशुल्क स्वास्थ्य जाच त कहिले सरसफाई अभियान नै संचालन गरी सुरक्षासगं सामाजिक काममा अग्रसरता दिइएको पाइएको छ ।
विश्व हात धुने दिवसको दिन कपिलवस्तुको चन्द्रौटामा आम नागरिकको स्वास्थ्य चेकजाच गरेको सशस्त्र प्रहरीले जिल्लाको विभिन्न स्थनमा सामाजिक कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल नेपाल नं ५ विध्याबाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले बताउनु भयो । सशस्त्र प्रहरी प्रती नागरिकहरुको धारण सकारात्मक गर्नका लागि र कोभिड १९ को बारेमय जनचेतना जगाउन विभिन्न क्रियाकलाप सञ्चालन गरेको सशस्त्र प्रहरी नायब महानिरिक्षक प्रधानले बताउनु भयो ।
यसैविच कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी चोकमा शनिबार सरसफाइ अभियान सञ्चालन गरेको छ । कृष्णनगर नगरपालिकाको वाड नं ६ भिल्मीमा सशस्त्र प्रहरीले गरेको सरसफाई अभियान राम्रो भएको स्थानिय शिव पुजन यादवले बताउनु भयो । सिमा सुरक्षासंगै समाजिक कार्य गरेको प्रती सशस्त्र प्रहरी प्रती स्थानियले धन्यावाद प्रकट गरेका छन । भिल्मीका स्थानिय युवा, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मा प्रहरी चौकी लगायतले सरसफाइ कार्यक्रमलाई सफल बनाएको पारिएको बिओपि भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलले जानकारी दिनु भयो ।
कोरोना महामारीबाट बाच्न हामी सबैले आफ्नो घर,आगन, टोल, बाटो सधै सफा राख्नु पर्ने बिओपि भिल्मीका सशत्र प्रहरी निरिक्षक पोख्रेलले बताउनु भयो ।
सशस्त्र प्रहरी सुरक्षासगै सामाजिक काममा सक्रिय
सशस्त्र प्रहरी सुरक्षासगै सामाजिक काममा सक्रिय
Advertisement
तपाईको प्रतिक्रिया