बिजय बिश्वकर्मा ‘ कृष्ण’ // स्व. बैकुण्ठ बहादुर चन्द प्रती हार्दिक श्रद्धाञ्जली एवम शोक सन्तप्त परिवारजनमा समबेदना । म जब तानसेन – तम्घास सडकमा यात्रा गर्छु तब बैकुण्ठ चन्द लाई नै सम्झन्छु । यो सडक २०२५ देखि २०३८ सम्म लगातार १३ बर्ष गुल्मिका जनताको श्रमदान बाट बनेको हो । यो कामको नेतृत्व स्व. बैकुण्ठ ब चन्दले नै गर्नुभएको थियो । सरकारी सुबिधा नभएको अबस्थामा घरकै मकै भट्ट सातु आटो र परम्परागत औजार प्रयोग गरि स्थानीय जनताले श्रमदानबाट खनिएको सम्भवत नेपालकै सबभन्दा लामो सडक हो । २०४७ को परिवर्तन पछि राजनीतिक पुर्बाग्रह राखी सरकारी र राजनितिक नेतृत्वबाट उहाको सम्मान हुन सकेन तर गुल्मेलीका मनमा सदा रहिरहनुहुनेछ । नेपालको राजदरबारसँग सिधा पहँुचवाला अग्लुंग घर भएका तत्कालिन पंचायतसभा सदस्य बैकुण्ठ बहादुर चन्दले आँट नगरेको भए यो बाटो बन्ने थिएन । बाटो नखन्न, नबनाउनको लागी आएको करीब ४० बर्ष अगाडीको पचास हजार दाम, उबेलाका व्यापारीक केन्द्र तानसेन र बटौलीमा घरको प्रस्तावलाई चन्दले नकारे । चन्द लोभमा नफसेपछी पाल्पाका ब्यापारिले गुन्डा परिचालन गरे तर उहाँ डराउनु भएन बिचलित हुनुभएन । सम्बन्धित निकायले तानसेन तम्घास सडक निर्माणको नेतृत्वकर्ता बैकुण्ठ बहादुर चन्दको योगदानको कदर गरेजस्तो लाग्दैन । यही सडक खुलेपछी हो नुनका भारी बोक्न बटौली तानसेन झर्न परेन । लाहुरबाट पर्कदा खलखली पसिना चुहाउदै झोलीगुन्टा बोक्नु परेन । बिरामी हँुदा ओखतिमुलो गर्न पाल्पा आउनजान सजिलो भयो । यहि बाटोले समयमा उपचार गर्न पाल्पा पुग्दालाखौ गुल्मेलिको ज्यान बचायो । यहि बाटोले नगदमा हिसाब गर्न नसकिने जीवन बचायो । रासन सस्तोमा खान पाइयो । गुल्मिको बिकासको असली हिरो चन्दप्रती फेरिपनी हार्दिक श्रद्धाञ्जली !!!
गुल्मेली जनताका असली हिरो अलबिदा
गुल्मेली जनताका असली हिरो अलबिदा
Advertisement
तपाईको प्रतिक्रिया