सल्यान । सल्यानमा गुडिरहेको बसबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार बाँफिखोलाबाट दाङका लागी छुटेको ना ५ ख १००१ नम्वरको बसबाट खसेर बागचौर नगरपालिका वडा नम्वर ११ बाँफिखोला बस्ने २१ बर्षिया एकराज खड्काको मृत्यु भएको हो ।
Advertisement
बुधवार दिउँसो खरिबोट नजिकै गुडिरहेको बसबाट एक्कासी खसेर गम्भिर घाईते भएका खड्को स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागी जिल्ला अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । ती युवक बसको ढोका छेउमा बसेको र सडकको खाल्टाखुल्टी भएकाले बस ढल्किदा उनी एक्कासी खसेको गाडी चालकले बताएको प्रहरीको भनाई छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।