उदयपुर । उदयपुरमा मदन भण्डारी लोकमार्ग अन्र्तगत गाईघाट नेपालटार खण्डमा मोटरसाइलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार उदयपुरगढी गाउँपालिका ७ की १८ वर्षीया निर्मला बिक मृत्यु भएको छ ।
अज विहान स९प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएपछि उपचारको क्रममा जिल्ला अस्पताल बोक्से ल्याउँदै गर्दा मृत्यु भएको उनको भनाइ छ ।
मोटरसाइकल र मोटरसाइकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षीय मेसक राई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।