रौतहट। रौतहटको माधव नारायण नगरपालिका-५ लौकाहा टोलमा गोली हानी एक युवतीको हत्या भएको छ । राति ११ बजे घरमा सुतिरहेको अबस्थामा राम अयोध्या साहकी छोरी १८ बर्षिया अमृता कुमारी साहको गोलीहानी हत्या गरीएको हो ।
मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ। घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडो भन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताउनुभयो ।
गएको २०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भएपनि पछिल्लो समय अमृता माइतमा नै बस्दै आएकी थिइन । उनको सर्लाही मधुवनगोठका रुपेश साह संग विवाह भएको थियो । विवाह भएको केही समयपछि देखी नै माइतमा बस्दै आएको बताइएको छ ।
मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । महिनौको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।