काठमाडौ। राजधानीको कलंकीमा बिहीबार बिहान रोकी राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
Advertisement
प्रहरीका अनुसार मकालु पेट्रोल पम्प नजिकै पार्किङमा राखिएको बा३ख ७५३० नम्बरको ट्रकलाई बा५ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । मृतक सबै ठक्कर दिने ट्रकका रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मृत्यु हुनेमा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोटकै तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे छन् ।
अर्का एक जनाको सनाखत हुन बाँकी छ । तामाङ र घिमिरेको घटनास्थलमै र अर्का व्यक्तिको सहिद मेरोरियल अस्पताल कलंकीमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने ट्रकका चालकलाई भने प्रहरीले सकुशल नियन्त्रणमा लिएको छ ।
तीव्र गतिको ट्रकले अनियन्त्रित भएर रोकिराखेको ट्रकलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।