कामना डेली, स्याङ्जा। बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा राम्धी धाम स्थित गुरुकुलमा रहेका बिद्यार्थी एवं वृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको छ।
संघले सुभ दिपावली एबम छ्ठ पर्बको अबसरमा उनिहरुलाई फलफुल बितरण गरेको हो।
प्रमुख अतिथी दिपेन्द्र केसिले नेपालले पुर्बिय दर्शनलाई अगाल्न पर्ने ,अगाले मात्र देशले मुहार फेर्ने कुरा बताउनुभयो।उहाले भीरकोट नगरपालिकाले राम्धिमा आउने दिनहरुमा जस्तो सुकै सहयोग गर्न परेपनी पछी नहट्ने,नेपालमा पछिल्लो पटक नेपाल मौलिक संस्कृति माथी अतिक्रमण बददै गएको,यो जोगाउने काम युवाहरुको काधमा आएको कुरा बताउनु भयो।उहाले हाम्रो सनातन देखि चली आएको संस्कृतिलाई जगेर्ना गर्न पर्ने साथै संस्कृत भाषालाई पनि संरक्षण गर्न पर्ने कुरा बताउनुभयो।प्रमुख अतिथि केसिले आफ्नी श्रीमतीको जन्म दिनको अबसरमा गुरुकुल र वृद्ध आश्रममा गरेर रु. २० हजार सहयोग गर्नु भयको थियो। आफुले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको कुरा पनि बताउनु भयो।
यस्तै विशिष्ट अतिथि चैतण्य कृष्ण महाराजले नेपालले योगि नरहरिनाथको देखायको बाटोमा हिंड्न् पर्ने ,बिश्वका ठुला ठुला बिश्वबिधालयहरुले संस्कृत भाशालाई पढाउने गरेको तर हाम्रो यहाँ तेस्तो नहुदा मुलुक पछि परेको कुरा बताउनु भयो।बिश्व हिन्दु युवा संघले देशभरी रचनात्मक कार्य हरु गरेको देख्दा खुसी लागेको कुरा बताउनु भयो।पुर्बिय दर्शनलाई हामिले प्रयोगमा ल्याउन पर्ने त्यहाँ बाट नै हाम्रो आर्थिक उतरोन्नती हुने कुरा बताउनु भयो। हामिले नेपाललाई हिन्दु रास्ट्र बनाउन पर्ने कुरा बताउनु भयो।
यस्तै विशिष्ट अतिथी दण्डपानी पङेनीले पनि नेपाल हिन्दु रास्ट्रहुनु पर्छ ,हाम्रा लोक संस्कृतिलाई जोगाउन पर्ने मा जोड दिनु भयो।
कार्यक्रमका सभापती नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले पूर्वीय दर्शनको बारेमा जनता माझ लैजाने कुरा बताउनु भयो।देशका विभिन्न ठाँउहरुमा हिन्दु मठ मन्दिरमा चोरी ,हिन्दु माथी भयका अतिक्रमण अब सहेर नबस्ने कुरा बताउनु भयो।राम्धी धामको बिकासको निम्ति सधै हातेमालो गर्ने गर्ने भन्ने कुरा बताउनु भयो।
कार्यक्रमका बक्ताहरुले पुर्बिय दर्शनको बारेमा जोड दिनुभयको थियो।स्वागत मन्तव्य कौशीक माहारजले गरेका थिए भने कार्यक्रमको सन्चालन बिश्व हिन्दु युवा संघ स्याङ्जाका सक्रिय युवा दिक्षान्त प्रताप खाँणले गर्नु भयको थियो।