अनिल खत्री, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । नगरपालिकामा एक कार्यक्रमका विच प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाललाई स्वागत गरिएको हो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट सरुवा भई मुसिकोट नगरपालिकामा आउनुभएका प्रमुख प्रशासकिय अधिकृत भुसाललाई नगरप्रमुख सोमनाथ सापकोटा लगायतले स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा नगरप्रमुख सापकोटाले जनप्रतिनिधिले नितिगत निर्णय गर्ने र कार्यान्वयनमा लैजानेकाम कर्मचारीको भएको बताए ।
उनले खास काम सम्पन्न गर्न निर्माण कम्पनी÷व्यवसायीको समेत महत्वपूर्ण भूमिका हुने बताए । निर्माण व्यवसायी, कम्पनी तथा कर्मचारीहरुले गरेको कार्यसम्पादनको जसअपजसको भागिदार जनप्रतिनिधि हुनुपर्ने नगरप्रमु्ख सापकोटाको भनाई छ ।
कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध् नङ र मासु जस्तै हुने बताए । कार्यक्रममा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले विकासलाई सापेक्षित रुपमा हेर्नुपर्ने बताए ।
स्थानिय सरकारको अहिलेको प्राथमिकता दिगोविकास लक्ष्यलाई आन्तरीकिकरण गर्ने भएको भन्दै सोहि अनुरुप योजनाहरुको विकास गर्दै समृद्ध नेपाल, सुखि नेपालीको लक्ष्य हासिल लाग्नुपर्ने बताए । कार्यक्रममा उपप्रमुख कमला शर्मा, वडाअध्यक्ष कार्यपालिका सदस्य तथा नगरपालिका भित्रका सवै शाखाका शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
विगत २ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत नवराज भण्डारीको गृह मन्त्रालयमा सरुवा भएपछि भुसाल सो जिम्मेवारीमा आउनुभएको हो ।