गुल्मीमा ६३३ जनाले कोरोना जिते

अनिल खत्री, गुल्मी । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमितहरु आइसुलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार १४० जनाको स्वाब संकलन गरिएको छ ।
जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा हाल भने क्वारेन्टीनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । जिल्लाभर ७९० वटा वेडको क्वारेन्टीन निर्माण गरिएको छ ।
कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसुलेशन तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.