अनिल खत्री, गुल्मी । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा मन्ने प्रचलन छ ।
प्राय सरायँ नाच दशैंको टिकाको दिन देखि पुर्णिमा दिनसम्म देखाउने नाच्ने गरिन्छ । तर यसवर्ष भने कोरोना महामारीले गुल्मीका बिभिन्न मन्दिर तथा देवालयमा सरायँ नाच नहुँदा सुनसान बनेका छन् ।
गुल्मी जिल्लाका अर्जै, अमंरपुर,इस्मामैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायतमा मुख्य गरि सराय नाच हुने स्थान हुन् । तर बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण जिल्लाका बिभिन्न मन्दिर तथा देवालयमा खेलीने सरायँ नाच नहुदा सुनसा नबनेका छन् । परापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेला दशैंको टिकाको दिन देखि पुर्णिमा दिनसम्म देखाउने नाच्ने गरिन्छ । हिन्दु धर्म मान्नेहरुको लागि बिशेष चाडको रुपमा मनाइने बिजया दशमी असत्य माथी सत्यको बिजय भएको खुसीयालीमा मनाउने गरिन्छ ।
यसवर्ष कोरोना महामारीका कारण प्रशासनले पनि निषेधाज्ञा जारी गरेका कारणले सरायँ नाच नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो । यसवर्ष कोरोना महामारीले सबै मन्दिर देवालयहरुमा अत्याबश्यक पुजा बाहेक अन्य कार्यक्रमहरु निषेधाज्ञा गरिएको पन्थीले बताउनु भयो । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । सरायँ नाच दशैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने पुरानो संस्कृति सहित मनोरञ्जनात्मक नाच हो । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको पुराना पुस्ताको तर्क रहेको छ ।
परापूर्व कालदेखि खेलीदैँ आएको नाच गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा दशैं सकिएपछी पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ ।
रापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दशैंंका बेलामा घरमा आएका साथीसँगीसँग भेट्ने गत्तिलो अवसर पनि हो ।
गतवर्षको सरायँ नाच तस्विर