सनिउल्ला धोबी, कपिलवस्तु । नेपाली काग्रेसका नेता तथा पुर्व राजदुत दिप कुमार उपाध्ययले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रअ का प्रमुखसंग भएको सम्वाद नेपाली नागरिक समक्ष राख्नु पर्ने बताउनु भएको छ । दिप कुमार उपाध्यले भारतीय रअसंग भएको कुरा समान्य नभएको भन्दै राष्ट्रिय अखण्डता विपरित भएको बताउनु भयो ।
नेपाल प्रेस यूनियन कपिलबस्तु शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा नेता उपाध्ययले भन्नु भयो यसमा प्रधानमन्त्री ज्यूले के के संवाद भयो, त्यो राष्ट्रलाई बताउनै पर्दछ, आफ्नो पार्टीलाई भन्नै पर्दछ। रअ प्रमुखले नेपालको अन्तर्राष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको उपाध्यायले टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र रअका प्रमुख सामन्तकुमार गोयलबीचको भेटमा भएका छलफलका विषय सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो ।
रअ प्रमुख गोयलको नेपाल भ्रमणलाई लिएर सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट आलोचना भइरहेको छ । पत्रकार सम्मेलनमा नेपाल प्रेस यूनियन कपिलबस्तु शाखाका सभापती गोपाल भण्डारीले राष्ट्रियता लोकतन्त्र समाजबाद र प्रेस स्वतन्त्रताको पक्षमा हामी सम्पूर्ण संचारकर्मी एक रहेको बताउनु भयो । अगामी दिनमा पनि हाम्रा प्रेस स्वतन्त्रताका लागि, लोकतन्त्रका लागि हामी कटिबद्ध भई हाम्रा संचार मध्यममा त्यसका आवाजहरु बुलन्द भएर लैजाने नेपाल प्रेस यूनियन कपिलबस्तु शाखाका सभापति गोपाल भण्डारीले बताउनु भयो ।
कार्यक्रम नेपाल प्रेस युनियन कपिलबस्तु शाखाको आयोजनामा तौलिहवामा सम्पन्न भएको हो । उक्त पत्रकार सम्मेलनमा कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । गत कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले भेट गरेका थिए ।