बाँके : बाँकेमा २९ लाख ४८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् ।
Advertisement
जुवा खेलिरहेको स्थानमा छापा मारेर प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै रहेको एउटा घरवाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको बताइएको छ ।
पक्राउ पर्नेलाई प्रहरीले आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।