जिर्ण घरमा मानव कंकाल फेला

सनिउल्ला धोबी, कपिलवस्तु । कृष्णनगरमा रहेको एक जिर्ण घरमा मानव कंकाल फेला परेको छ । कृष्णनगर नगरपालिका–२ गुरुद्वारा नजिकै रहेको नन्दलाल अग्रवालको भत्केको पूरानो जिर्ण घरमा मानव कंकाल भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार मंगलबार बेलुका जिर्ण घरमा पहिचान खुल्न नसकेको अवस्थामा मानव कंकाल तथा अस्थिपन्जर फेला परेको हो। कंकाललाई थप अनुसन्धानका लागि फोरेन्सिक टेस्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । कंकाल भेटिएको घरमा विगत बीस वर्षदेखि कोही पनि नबसेको बताइएको छ ।

ज्याला मजदुरी गर्ने कामदारले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस घटनापछि कृष्णनगरका व्यापारीमा त्रास सृजना भएको स्थानीय पत्रकार अंकुश कुमार श्रीवस्तावले बताउनुभयो । कृष्णनगर बजार भारतीय सिमासँग जोडिएको जिल्लाकै मुख्य नाका रहेकाले यस्ता घटनाहरुले व्यापारीमा त्रास फैलिएको कृष्णनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गुरुशरण सिहंले जानकारी दिनुभयो ।

Sharing Now!

You might also like

Comments are closed.