बुबाको रिक्सा चलाउन खोज्दा नहरमा खसेर बालक बेपत्ता

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिकामा रिक्सा चलाएर हिँडेबा बालक नहरमा खसेर बेपत्ता भएका छन् ।

त्रिवेणी गाउँपालिका–७ का ५ वर्षीय शिवम मिश्र गण्ठक नहरमा बेपत्ता भएका हुन् । आइतबार साँझ बुबाले पार्किङ गरेर राखेको ठाउँबाट ना१ह ४५७८ नम्बरको इ–रिक्सा स्टार्ट गरेर उनी हिँडेका थिए । रिक्सा अनियन्त्रित भएर सडकबाट ५० मिटर तल गण्ठक नहरमा खसेको बताइएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.