कामना डेली, प्युठान । प्युठानमा १२ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
संक्रमित हुनेमा प्युठान अस्पतालमा कार्यरत ३ डाक्टर र १ अहेब गरि ४ जना, होम क्वारेण्टिनमा बसेका २ जना सहित प्युठान नगरपालिकामा ६ जना, गौमुखीमा -३ जना, झिम्रुकमा २ जना र ऐरावती गाउँपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले बताए।
संक्रमितहरु २७ देखि ५७ वर्ष उमेर समूहका छन् ।
उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पिसिआर परिक्षण हुँदा ९ जना सहित १२ जनामा कोरोना देखिएको हो। त्यसमध्ये ३ जना भने केही दिन अघि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौंमा कोरोना पुष्टि भएका ब्याक्ती हुन। श्रेष्ठले उनिहरुलाई पनि प्युठान ल्याएर आईसोलेशनमा राखिएको कामना डेलीलाई जानकारी गराए। योसंगै जिल्लाभर कोरोना पुष्टि हुनेको संख्या जम्मा ६३७ पुगेको छ। त्यसमध्ये ५४५ जना निको भई घर गईसकेका छन। सक्रीय संक्रमितको कुल संख्या ९० जना मात्र छ । यश अघि दुई जना कोरोना संक्रमितको मृत्यु भईसकेको कार्यालयले जनाएको छ।
Prev Post
Next Post
You might also like
Comments are closed.