काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएकी गायीका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा‘हाम्रो माया चर्कियको‘बोलको गीत बजारमा आएको छ ।
गायक तथा संगीतकार बिमल डाँगीकै आफ्नै यूटुब च्यानलबाट गितको भिडियो सार्वजनिक गरिएको हो। बिबी अनुरागीको सङ्गीत संयोजन रहेको उक्त गीतमा शब्द,सङ्गीत बिमल डाँगीको छ । उक्त गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन। उदिराम खड्काको निर्देशन तथा मिराज अर्यालको छायाङन तथा सम्पादन रहेको गीतको भिडियोमा रचना र प्रबिनलाई देख्न सकिन्छ । केही समय अघी रचना र प्रबिनले गाएको गीत’उनको प्रितीले’ निकै चर्चा कमाएको थियो ।
हाम्रो माया चर्किएको गीतलाई पछील्लो पुस्ताको आवाजमा रेकर्ड गरिएको हो । यो भन्दा पहिले यस गीतलाई लोकप्रीय गायक कृष्णभक्त राई र गायिका सपना श्री ले गाएका हुन। यो गीत अहिले निक्कै भाईरल बनेको छ।
Advertisement
भिडियो हेर्नुहोस।