कामना डेली, प्यूठान। प्यूठानका युवाहरुले सडकमा उत्रिएर महिलामाथि हुने हिंसाको अन्त्यको माग गरेका छन्।
Nepal Revolutionary Youth Society- NRYS को आयोजनामा शनिवार जिल्लाको जुम्री बजारमा महिला हिंसा विरुद्ध शान्तिपुर्ण प्रदर्शन गरेको हो। ग्रुपका संयोजक जिवन खनालले समाजमा बढ्दै गएको महिला हिंसाका घटनाहरुलाई कम गर्न सरकारलाई दवाव दिन शान्तिपुर्ण प्रदर्शन गरिएको बताए । देशव्यापी रुपमा युवाहरुले सचेतनामूलक कार्यक्रम गर्ने हो भने महिला हिंसाको अन्त्य गर्न सकिने उनको भनाई छ। ‘हिजो निर्मला,आज सम्झना र भोलि अर्काेले कहिलेसम्म अकालमा ज्यान गुमाउनु पर्ने हो ? ‘उनले प्रश्न गरे। ‘महिला हिंसा विरुद्ध एकजुट बनौँ’ भन्ने सन्देश दिन युवाहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। उनीहरुले महिला माथि हुने हिंसा, बलात्कारलगायतका जघन्य अपराधका दोषि उपर कडा कारवाही हुनुपर्ने माग समेत गरे।
Next Post
You might also like
Comments are closed.