कामना डेली, प्यूठान । प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अगुवाईमा सरसफाई गरिएको छ ।
प्यूठान सदरमुकाम खलंगा बजार क्षेत्रका विभिन्न भागमा शनिवार बिहान सरसफाई गरिएको हो । प्रजिअ भुसालले आउँदो दिनमा पनि सरसफाइलाई निरन्तरता दिने बताउनुभएको छ ।
सरसफाई अभियान जिल्लाका अन्य स्थानमा समेत संचालन गरिने उहाँको भनाई छ । सरसफाईमा नेपाली सेना इन्द्रध्वज गणका गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्ल, स.प्र.बल नेपाल आश्रित गुल्म प्युठानका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ अर्याल, मल्लरानी गाउँपालिका – ४ का वडाध्यक्ष कुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो।
Next Post
You might also like
Comments are closed.