कामना डेली, प्यूठान । प्यूठानका चार स्थानीय तहमा १५ शय्या क्षमताको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।
संघीय सरकारले बजेट उपलब्ध गराएपछि जिल्लाको माण्डबी गाउँपालिकाको देविस्थान, गौमुखीको पुजा, नौबहिनीको लुङ र ऐरावतीको बरौला स्वास्थ्यचौकीलाई १५ शैय्यामा स्तोरन्नती गर्न लागिएको हो। संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्यूठानका चार गाउँपालिकाका लागी एक / एक करोडका दरले ४ करोड रुपियां बजेट उपलब्ध गराईएको जनाएको छ। ती गाउँपालिकाले जग्गाको सुनिश्चिता गरि मन्त्रालयमा माग गरेका थिए। अब तत्काल अस्पताल भवन निर्माणका लागि आवश्यक तयारी गरिने स्थानीय तहले बताएका हुन् । नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठानेश्वर भण्डारीले गाउँपालिकामा बजेट प्राप्त भइसकेको र निर्माण प्रकिया अघि बढाईने बताउनुभयो। मन्त्रालयले कात्तिक मसान्तभित्र काम शुरु गुर्नपर्ने भनेकाले यश अबधिभित्र नै अस्पताल निर्माण गरिसकिने उहाको भनाई छ ।
यी गाउँपालिका भौगोलिक हिसाबले बिकट मानिन्छन् । गाउमै अस्पताल बनेपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि बिजुवार जान बाध्य स्थानीयवासी लाभान्वित हुनेछन्। प्यूठान जिल्ला अस्पताल समेत १५ शैय्याको छ। यस्लाई स्तोरन्नति गर्ने योजना पनि अधुरै छ।
Prev Post
You might also like
Comments are closed.