काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेशहरूको नामाकरणप्रति असन्तुष्टि जनाएका छन् । प्रदेशहरूका नाम जातीय आधारमा नभएकोमा उनको असन्तुष्टि छ।
‘हिजो मगरात, तमुवान, तामसालिङ, नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो मरेर शहीद हुनेहरू हो बाँचेर त हेर। बाँच्न झन् गाह्रो छ,’ बुधबार बाबुरामले ट्वीट गर्दै भनेका छन्, ‘सरि लली रोका, सुरेश वाग्ले।’ भट्टराईले प्रदेशका नाम भूगोल र नदीका पहिचानले मात्रै किन राखिएको भन्ने प्रश्नसमेत उठाएका छन्। ‘हाम्रा प्रदेशका नाम नदी वा भूगोलको पहिचानमा मात्र राख्ने पर्ने तर विविध जाति, भाषाको पहिचानमा राख्न नहुनेरु यो कहाँको मार्क्सवादरलोकतन्त्ररसंघीयता हो’उनले प्रश्न गरेका छन्। प्रदेश ५ ले नाम लुम्बिनी राखेको भोलिपल्ट भट्टराईले यस्तो ट्वीट गरेका हुन्। मंगलबार प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी राख्न सरकारले गरेको प्रस्तावमा जनता समाजवादीका सांसदहरूले जातीय आधारमा नामाकरण गर्नुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए। तर लुम्बिनी नाम राख्ने पक्षमा सत्तारूढ नेकपा र विपक्षी नेपाली कांग्रेसले मतदान गरेका थिए। प्रदेशसभाका ८७ मध्ये ८३ सांसदले मतदान गरेकोमा ७९ सांसदले लुम्बिनीका पक्षमा मत दिएका थिए। विपक्षमा जम्मा चार मत खसेको थियो।
तत्कालीन माओवादीले प्रदेशहरूको नाम जातीयताका आधारमा तय गर्ने आश्वासन दिएको थियो।
Comments are closed.