संविधान दिवसमा नेपाल टेलिकमले दियो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले संविधाान दिवस २०७७ को अवसरमा विभिन्न प्याकेज अफरहरु ल्याएको छ। टेलिकमले अनलिमिटेड युट्युब,अनलिमिटेड फेसबुकर एड–अन प्याक ल्याएको जानकारी दिएको छ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रति प्याकेज खरिद गरी ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खर्नसक्ने छन्। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी प्रतिदिन डेटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको छुट दिइएको कम्पनीले जानकारी दिएको छ। यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपैयाँमा खरिद गर्न सकिने छ।

Sharing Now!

You might also like

Comments are closed.