प्यूठानमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

झइन्द्र भण्डारी, प्यूठान। प्यूठानमा मोटरसाइकलको ठक्करबाट एकजना बालक घाइते भएका छन ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका  ४ भिङ्ग्रीमा बा ९२ प ७३७० नम्बरको मोटरसाइकलको ठक्करबाट भिङ्ग्री बजारमा पसल संचालन गर्दै आएका रसिद अन्सारीका २२ महिने छोरा आयाम खान गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख बुद्धि रानाले बताउनु भयो। बाटो पार गर्न लाग्दा उनलाई मोटरसाईकलले ठक्कर दिएको हो। प्रहरीका अनुसार घाईतेको अबस्था गंभीर छ।
घाइते बालकलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.