चन्द्रौटा। कोरोना भाइरसका कारण कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा दुई जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा ५८ वर्षे एक पुरुष र ४७ वर्षीय एक महिला रहेका छन् । भीम अस्पताल भैरहवामा उपचाररत पुरुषको गएराति साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनको गत भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल (धागो कारखाना) मा उपचाररत महिलाको बिहान साढे ४ बजे मृत्यु पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । उनी मिर्गौला तथा उच्च रक्तचापको बिरामी थिइन्। उनको गत भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै कपिलवस्तुमा कोरोनादेखि मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ ।