• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • काठमाडाैं । भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो ।

    Advertisement

    गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि स्थानीय केही सतर्क त थिए, तर यस्तो भइहाल्ला भन्ने अनुमान गरेका थिएनन् । बेलुकीदेखिको अविरल वर्षाले उर्लिएको टक्सारे खोल्सासँगै थिलथिलो बनेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा ११ जनाले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् ।

    शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घर भोटेकोसी नदीमा मिसिएका हुन् । ‘यसरी पहिरो आउलाजस्तो लागेको थिएन । अनुमानै नगरेको घटना भयो,’ घटनापछि शोकाकुलको भीडमा कहालिँदै रोइरहेका बाह्रबिसे–७ घुम्थाङ भीरखर्कका ७० वर्षीय सूर्यबहादुर खड्काले भने ।

    भूकम्प र अविरल वर्षाले थिलथिलो बनेर जोखिमपूर्ण बनेको भूभागको बासलाई गाउँलेले जोखिम अनुमान गरे पनि नछाड्नु र स्थानीय सरकारले पनि वास्ता नगर्दा जनधनको ठूलो क्षति भएको उनले बताए । ‘यस्तो भइहाल्ला भनेर कसैले सोचेको थिएन,’ उनले भने ।

    घुम्थाङ गाउँको माथिल्लो क्षेत्र भीरखर्क, नागपुजे, नेवार टोलीदेखि तल्लो गाउँभर झन्डै दुई सय परिवारको बसोबास थियो । भूकम्पपछि घुम्थाङ गाउँभर एकै नीलो रङका चिटिक्कका घरहरू बनेका थिए ।

    बर्खाको सुरुमा नागपुजेमा थोरै पहिरो खस्ने जोखिम देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई समस्याबारे जानकारी दिएका थिए । ‘सामान्य भास्सिएको जमिनले हाहाकार मच्चियो । चिटिक्क बस्ती ध्वस्त बनायो, आफन्त छिमेकी सबै हराए,’ खड्काले भने ।

    बर्खाको पहिरोले थोरै समस्या देखिएकाले पल्लो मानेडाँडामा सर्ने तयारीसमेत भइरहेका बेला घटना भएको नागपुजेकी सुनकुमारी तामाङले बताइन् । ‘पहिरोमा सर्वस्व गुमाएँ । सबै आफन्त गुमे, यत्रो पहिरो आउला भन्नेजस्तो लागेकै थिएन,’ उनले भनिन् । पल्लोछेउदेखि वारि भीरखर्क क्षेत्रभरि नै पहिरो खसिरहेकाले शोकाकुल स्थानीय त्रसित भएर तल्लो भेगमा बसाइँ सरिरहेको उनले बताइन्। ‘जनप्रतिनिधिले भूगर्भविद् ल्याएर किन अध्ययन गरेनन् ? बेलामै सतर्क बनाएको भए यत्रो मान्छेले ज्यान गुमाउँदैनथे,’ उनले भनिन् ।

    घुम्थाङस्थित भीरखर्क, नागपुजेको बस्ती वरपर पहिरोले लाछिएर ध्वस्त बनाएपछि शोकाकुल ५८ परिवार तल्लो गाउँमा सरेका छन् । बाह्रबिसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार भीरखर्कभन्दा तल्लो नागपुजे क्षेत्रमा पहिरोको समस्या देखिएपछि एक साताअघि जनप्रतिनिधिबीच छलफल गरेर बस्ती सार्न स्थानीय प्रशासन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको थियो । ‘तर, प्राधिकरणले कुनै वास्ता गरेन,’ उनले भने, ‘हामी पनि अनुरोध गर्दागर्दै थाक्यौं, यस्तो भयावह घटना भयो ।’

    पहिरोले गाउँ नै बगाएपछि त्रसित स्थानीय तल्लो सुरक्षित स्थानमा पाल टाँगेर सरिरहेको उनले बताए। ‘केही छिमेकीको घरमा आश्रय लिएर पनि बसिरहेका छन्, गाउँ नै जोखिम भएपछि अब कहाँ जाने के गर्ने हामी आफैं अन्योलमा छौं,’ उनले भने।

    भीरखर्कको माथिल्लो विक टोल वरिपरि पहिरोले थुनिएपछि इलाका प्रहरी बाह्रबिसेका इन्स्पेक्टर नवराज न्यौपानेले सुरक्षाकर्मीको टोलीलाई पुग्नै हम्मे परेको बताए । दुई घण्टापछि मात्रै पहिरोबीच अड्किएका स्थानीयलाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् । ‘आवश्यक जनशक्ति र पहिरो आउनुपूर्वको तयारी, सतर्कता नहुँदा घटनाले गम्भीर रूप लिएको हो । पुलिसले मात्रै के–के गरून् ?,’ स्थानीय निमा शेर्पाले भने । पहिरो जानुअघि नआएको भन्दै आइतबार घटनास्थल अवलोकनमा पुगेका प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, बाह्रबिसेका नगरप्रमुख निमफुन्जो शेर्पा, उपमेयर सुशीला पाख्रिनप्रति स्थानीयले आक्रोश पोखेका थिए।

    जिल्ला प्रहरीका डीएसपी प्रकाश सापकोटाका अनुसार नागपुजे र भीरखर्कको पहिरोमा घरसँगै बगेर बेपत्ता ३१ मध्ये आइतबार साँझसम्म ११ जनाको शव फेला परेको छ । पहिरोले घर पुरेका ठाउँमा ९, सुनकोसी र भोटेकोसी नदीमा एक/एक जनाको शव फेला परेको हो । २० जना अझै बेपत्ता छन् । सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी र शवको उद्धार जारी राखेको जानकारी उनले दिए । पहिरोमा घाइते भएर बलेफी गाउँपालिका–७ खाडीचौरस्थित सिन्धुसदाबहार अस्पताल लगिएका तीनमध्ये अवस्था गम्भीर भएका एक जनालाई काठमाडौं पठाइएको छ ।

    कान्तिपुर दैनिकमा अनिश तिवारीले खबर लेखेका छन् ।

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation