सुनवल। पश्चिम नवलपरासीमा छोराले चलाएको टिप्परको ठक्करबाट आफ्नै आमाको मृत्यु भएको छ ।
Advertisement
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ४ बेलारी बस्ने २८ वर्षीय गोविन्द थापाले शनिबार साँझ घरको कम्पाउण्डमा पार्किङ्ग गरिराखेको लु २ ख २२५९ नम्बरको टिप्पर घर बाहिर सडकमा निकाल्ने क्रममा ठक्कर दिँदा आफ्नी ६० वर्षकी आमा खेम कुमारी थापा गम्भिर घाइते भएकि थिईन् । टिप्परको ठक्करबाट गम्भिर घाइते आमालाई सोही टिप्परमा राखेर उनि आफैले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुराएका थिए। तर उनको बुट्वलमा उपचारका क्रममा शनिबार राती मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एव्ां प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।