टेकबहादुर पुन, दाङ । दाङमा पहिरो सँगै सडक भाँसिदा दुर्घटनाको जोखिम बढेको छ ।
लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भाँसिदा दुर्घटनाको खतरा बढेको हो ।आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीकाे भाग खाेलामा पहिराे बनेर झरेपछी आवात जावातमा खतरा बढेको छ । सडक भाँसिदा दुबै साईड चिराचिरा परेको छ ।अहिले सडक मर्मतका लागि वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीकाे टाेली जेसिबि सहित पुगेकाे छ ।
Advertisement