काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले अब पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने भएका छन्।
भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकमा उक्त प्रस्ताव पेश हुन लागेको बताइएको छ ।स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ ।’ कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नदिने निर्णय गर्न लागेको हो । उक्त प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले तयार पारेको भए पनि बैठक बस्नुअघि नै सार्वजनिक भएको छ ।
बैठकमा लगिन लागेको प्रस्ताव पहिल्यै बाहिरिएपछि प्रस्तावकै विषयमा सामाजिक सञ्जालमा आलोचना शुरु भइसकेको छ ।
नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नपाउने
नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नपाउने
Advertisement
तपाईको प्रतिक्रिया