दाङ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेमा रहेको कमिरे कृत्रिम तालमा डुवेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
आईतबार दिउँसो पौने ३ वजेतिर डुबेर बेपत्ता भएका सोही ठाउँका २२ वर्षिय गोपाल सुनारको शब २४ घण्टा पछि फेला परहेको हो ।हिजो आइतबार अन्य चार जना साथीसँगै तालमा पौडि खेल्ने क्रममा सुनार डुवेर बेपत्ता भएका थिए । उनको हिजोदेखि नै खोजि कार्य थालिएको भएपनि ताल गहिरो भएको हुँदा भेटाउन कठिन भएको थियो । निरन्तर खोजि कार्यपछि जिल्ला प्रहरी कार्यालय दाङको टोलीले आज पौने २ बजे शव फेला पारेको प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
Advertisement