लहान । सिरहामा नलकटुवा पेस्तोल सहित तीनजना पक्राउ परेका छन।
ईलाका प्रहरी कार्यालय सिरहा मिर्चैयाबाट खटिएको प्रहरीको गस्ती टोलीले ब्राहबिघा नजिक चेक जाँच गर्दा को ३५ प ४०१९ नम्बरको मोटरसाइकलमा सवार दुई र स्थानीय एक जना सहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ का २० बर्षीय अजय शर्मा, मिर्चैया ५ का १९ बर्षीय ज्ञानु मण्डल र सोहि ठाउँ का ३९ बर्षीय रमेश शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
Advertisement