काठमाडौं। नेपाली काँग्रेस सभापति शेरबहादुर देउबाले एनपी साउद नेतृत्वको ४९ सदस्यीय ‘शुभेच्छुक संस्था समन्वय विभाग’ विस्तार गरेसँगै चिढिएका केहीले उपप्रमुख बिष्णुप्रसाद धितालको चरित्रहत्या गर्ने अभियान थालेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम’शुभेच्छुक संस्था समन्वय विभाग’मा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरिएको मूख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन्। नेपाली काँग्रेसको सबैभन्दा आकर्षक र शक्तिशाली मानिने’शुभेच्छुक संस्था समन्वय विभाग’को उपप्रमुखमा लमजुङ्गका लोकप्रिय युवा नेता बिष्णुप्रसाद धितालको नियुक्तिसँगै चरित्रहत्या गर्ने अभियानको थालनी भएको धितालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।आफूलाई मनोनयन गरिएकोमा पार्टी सभापति लगायत शीर्ष नेतृत्वहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै केही अनलाइन मिडियाहरूमा सुनियोजित तरीकाले आफ्नो चरित्रहत्या गर्न थालिएको भन्दै युवा नेता धितालले विज्ञप्ति प्रकाशित गरेका हुन् ।किशोरावस्था देखि नेविसंघमा आबध्द धितालले निरंकुश पञ्चायती व्यवस्था विरूध्द उतिबेलै लडाईं शुरू गरेका हुन् ।०४५/०४६ को जनआन्दोलन ताका ‘नेपाल ल क्याम्पस’मा अध्ययनरत् छँदै नेविसंघको कार्यकर्ताका रूपमा सक्रिय सहभागिता जनाएका थिए ।२०५५ देखि ०५९ सम्म ‘नेपाल तरूण दल’का केन्द्रिय सदस्यको रूपमा माओवादी द्वन्द्व र ‘शाही कू’ विरूद्ध संघर्ष गरेका हुन् ।पार्टीको ११ र १२औं महाधिवेशनमा लमजुङको क्षेत्र नं-१ बाट क्षेत्रीय सभापतिका रूपमा लगातार दुई कार्यकाल निर्वाचित भएर संगठनलाई सशक्त बनाउन अहोरात्र खटिएका हुन्।
१३औं महाधिवेशनमा ४ नं- प्रदेशबाट केन्द्रीय सदस्यको रूपमा उम्मेदबार हुदा सम्मानजनक मत प्राप्त गरेर पराजित भएका हुन् ।एपेक्स बैंकको अध्यक्ष हुदा नेपाल राष्ट्र बैंकको नीति बमोजिम थप तीनवटा बैंक मर्ज भएर एनसीसी बैंक बनेपछि सञ्चालकको रूपमा रहेका छन् ।नेकपाको सर्वसत्तावादी सरकारले धिताल विरूध्द आस्थाका आधारमा झुट्ठा मुद्दा लगाएर राजनैतिक प्रतिशोध लिन ठूलो बिगो दाबीसहित मुद्दा चलाएता पनि सम्मानित अदालतले सामान्य तारेखमा रिहा गरेका व्यक्ति हुन् ।कोरोनाको विषम् परिस्थितिका कारण अदालतको निर्णय प्रक्रियामा केहि ढिलाई भए पनि सम्मानित अदालतबाट आफूले न्याय पाउनेमा धिताल विश्वस्त छन् । वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा प्रतिशोधपूर्ण ढंगले विभिन्न मुद्दामा फसाइएका साथीहरूका बारेमा नेपाली काँग्रेस पार्टीले पटक-पटक वक्तव्य प्रकाशित गर्दै प्रतिरक्षा गरेको पनि नेता धितालले स्मरण गराएका छन् ।’मिडिया ट्रायल’ बाट न्याय र सत्यको निरूपण हुन सक्दैन । देशभरिका आमनागरिक दाजुभाई-दिदीबहिनीहरू र नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा मेरा बारेमा गरिएका दुस्प्रचारहरूले कुनै प्रभाव नपर्ने पनि अवगत गराउन चाहन्छु, भनेका छन्।आफू नेपालको सबैभन्दा पुरानो र जनपक्षीय पार्टीको संघर्षशील कार्यकर्ता हुँ भनेर चिनाउन पाउँदा गर्व लाग्दछ । पदमा रहनु वा नरहनु महत्वपूर्ण विषय होइन ।
तर, दिइएको ज़िम्मेबारी इमान्दारीतापूर्वक निर्वाह गर्न र आवश्यक पर्दा कुनै पनि बेला त्याग गर्न आफू कहिल्यै पछि नपर्ने’ धितालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।