महेश थापा,प्युठान । प्युठानमा ४ जना नेपाल प्रहरीका जवान सहित थप १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गर्दा मंगलबार दुई देखि ६१ बर्ष उमेर समुहका थप १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेस्ठले बताउनुभयो । उहाका अनुसार एकजना दुई बर्षीया बालिका र अन्य पुरुष छन। संक्रमितहरु मध्ये स्वर्गद्धारी नगरपालिकाका ३, नौबहिनी गाउँपालिकाका ६ जना र ऐरावती गाउँपालिकाका ९ जना रहेको श्रेष्ठले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या जम्माजम्मी ४ सय ३५ पुगेको छ। त्यसमध्ये सक्रीय संक्रमित जम्मा ६० जना छन भने ३७४ जना निको भई घर गईसकेका छन।
कोरोना संक्रमणको कारण जिल्लामा एकको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको हो ।
Advertisement