जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा शनिबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सुनवल १२ का ३५ वर्षीय पुरुष हुन् ।
गत साउन २८ गते नगरपालिकाले समुदाय स्तरमा उपमेयर दधिराम अर्याल सहित ९२ जनाको स्वाव संकलन गरि परिक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाएको थियो । जसमध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति गत २१ गते कोरियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । संक्रमित व्यक्तिमा कुनै पनि किसिमको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । संक्रमित व्यक्तिलाई वडा न. १ मा रहेको बाल सिकाई केन्द्रको भवनमा नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको समेत न्यौपानेले बताए ।
Advertisement