नेपालमा राजनीति गर्ने शैली पुरानै तरिकाको छ। राजनीतिक सहभागीताको निर्धारण आफ्नै तरिकाको छ।राजनीतिमा परिवार र नजिककालाई अगाडि सार्ने संस्कारले गर्दा आफ्ना नभएका मानिसलाई राजनीति प्रती वितिष्णा पैदा भएको छ। पछिल्लो समयमा राजनीतिक खिचातानीले सवैलाइ फोहोरी खेलको संज्ञा दिएको छ । नेपालको परिवेषमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्न नसकेको कारण युवाहरु राजनीतिमा वितिष्णा पैदा भएको हो ।
नेपाल र नेपालीका सान राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुगांको तरुल भनेको अहिले सम्म सही हुन गएको छ । किनकी नेपाललाई दुई छिमेकी देशहरुले दवाएर राखेका छन् । जसरी तरुल दुई ढुंगाको विचमा पर्यो भने उस्किन सकदैन। उत्तर तर्फ चिन र दक्षिण तर्फवाट भारतले नेपाललाई चेपुवामा पारेर राखेका छन् । हरेक क्षेत्रमा उनैको दवदवा कायमै छ । उत्तर तिरका सिमाहरु मिचिएका छन् । दक्षिणतिरका सिमा पनि मिचिएको र सिमा स्तम्भ सारिएको कुरा जग जाहेरै छ । दक्षिणतिरको सिमाको वारेमा त्यहीका स्थानियले पहरेदारी गर्दा ज्यान गुमाएका घटना हाम्रीले सुनेका र भोगेका छौ । भैगालिक हिसावले ठूलो भएका तर मानसिक रुपमा सानो भएको भारतले वेलावेला हामी माथि गिद्धे दृश्टि लगाउन छोडेको छैन ।
ठूलो माछोले सानो माछोलाइ खान्छ भने झै ठूलो देशले सानो देशका सिमाना मिचेर सताउने काम भैरहेको छ ।
हाम्रो देश नेपाल हरेक कुरामा धनी छ , जडिवुटीको यहाँ खानी नै छ । तर त्यसको खोज र संरक्षण हुन सकिरहेको छैन । कयौ प्राकृतीक स्रोतहरु छन् । तीनीहरुलाई खोज अनुसन्धान गरेर प्रयोगमा ल्याउन सक्ने हो भने धेरै राम्रो हुन्छ । सुनखानी, तामा खानी, फलाम खानी विभिन्न किसीमका खानी नेपालमै छन् । त्यसको उत्खनन अुनसन्धान हुन सकिरहेको छैन । जडिवुटिको भण्डार छ , कयौ जडिवुटिहरु खेर गैरहेका छन् । त्यसको संरक्षण र उत्पादनहुन सकिरहेको छैन । जलस्रोतको धनी देश नदिनाला त्यसै खेर गैरहेको छ । त्यसको संरक्षण हुनु जरुरी छ । जनताले सोचेको थिए गणतन्त्र आयो परिवर्तन भयो स्थाई सरकार भयो अव त केही हुन्छ की भनेर आशागरेका थिए तर त्यो मिथ्या सावित भएको छ। नेताहरु आपसमा लडेर तमासा देखाइरहेका छन् । भष्टाचार गरेर आफू र आफ्ना सन्ततीलाइ धनी वनाउने सोचमा छन् ।
जनताको लागि सोच्ने नेताहरु नभएका कारण जनतामा निरासा छाएको छ ।
आफूले दिएको भोटको सहि सदुपयोग नभएर खेर गएको महसुस गरेका छन्।नेताहरुको असमझदारीले गर्दा जनताको दुख जस्ताको तस्तै छ । विकाशको गती लिनु पर्ने जति हुन सकेको छैन । वजार भाउ महंगीएर आकाश छोएको छ । नेपालमा उत्पादन भएका वस्तुहरुले वजार पाउदैनन । विदेशी सामान भित्रिए पछि यताको सामानले उचित मुल्य नपाउदा त्यसै थन्किन परेको छ । स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने हो भने नेपाली उद्योग र उत्पादनले आत्मनिर्भर हुन सक्ने थिए । सानोतिनो कामका लागि अर्काको मुलक ताक्नु पर्ने थिएन।नेपालका उर्जाशिल युवायुवतीहरु पराइको भूमीमा पसिना वगाउदै छन् । अर्काको भूमीमा अनेकौ दुख भोग्दै जोखिम मोलेर वालवच्चा पालिरहेका छन् । स्देशमै रोजगारी पाउने र परिवार पाल्न पुग्ने पैसाको जोहो यतै गर्न पाए ती युवा विदेश जाने थिएनन । युवायुवतीको वारेमा सरकारले छुटटै नीति वनाएर काम गर्नु पर्छ। तिनै विदेशिएका युवाले पठाएको रेमिट्यान्सले देश चलाउने वाहेक केही हुन सकेको छैन । ती विदेशिएका युवायुवतीलाइ स्देशमा रोजगारी दिएर काममा लगाउने हो भने नेपाल हराभरा हुदै जान्छ र प्रसस्त रोजगारी पनि यही सृजना हुन्छ ।२०४६ सालको राजनीतिक परिवर्तनपछि नेताहरुले नै नेपाललाइ अरु विकशित देशहरु संग तुलना गरे र त्यस्तै वनाउने सपना नेपालीहरुलाइ देखाए । उनीहरुका भाषणले हामी जनता मख्ख परयौ । स्वदेशमा रोजगारको व्यवस्था मिलाउन सकेमा होनहार युवायुवतीहरुले विदेशमा पसिना बगाउनु पर्ने थिएन ।
यस्को लागि सरकारले स्वदेशमा रोजगारको व्यवस्था मिलाउन जरुरी देखिन्छ ।
प्रजातन्त्रको पुन स्थापनापछि २०५७ सालदेखि कालापानी, लिम्पयाधुरा लगाएत सिमाको वारेमा कुरा उठ्दै आएको पाइन्छ । नेपाली भूमी नेपालकै हो भन्ने प्रमाण धेरै कुरामा छ ।सन १८१६मा भएको सन्धि, वि स २०२७ र २०३० मा जारी भएको नक्सा, दुवै देशका नेतृत्व तहमा २०५४ र २०५७ मा भएका कुराकानी र सहमती पनि प्रमाण हुन् । प्रमाणका आधारमा आफ्नो भूमी फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल चाल्नु पर्ने देखिन्छ ।
लेखक, घोराही ६ गुरुवागाउँ निवासी हुनुन्छ ।