टेकबहादुर पुन, दाङ । दाङको देउखुरीमा बेवारिसे शब फेला परेको छ ।
Advertisement
जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित राप्ती नदिको किनारमा बेवारिसे पुरुषको शब फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।शुक्रबार दिउँसो १ बजेको समयमा सडेगलेको अबस्थामा स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३५ बर्षिय शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ । हेर्दा मँगोलियन जस्ता देखिने ती पुरुषको हात र खुट्टामा ‘स्टार’ को ट्याटु खोपिएको छ ।