कामना डेली, बुट्वल। लुम्विनी सिटी अस्पतालका वारेमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।
फार्मेशी संचालक वसन्त जिसि,न्युरो सर्जन डा. सुदिपराज सिह र प्रमुख प्रशाशक लोकनाथ भुसालले सयुंक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै अस्पतालका बारेमा सञ्चारका माध्यममा आएका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।केही दिन अघि एक संचारमाध्यमले लुम्विनी मेडिकल कलेज पाल्पाले लुम्विनी सिटी अस्पतालको स्वामित्व छाडेपछि अस्पताल ‘नाफाखोर र दलाल’ को हातमा पुग्यो भन्दै समाचार छापेको थियो ।त्यस पश्चात् अस्पतालले उक्त समाचार नियतबस व्यक्तिको चरित्र हत्या गर्नेगरी ‘मनगणन्ते’ रुपमा लेखिएको भन्दै बिज्ञपति प्रकाशन गरेको हो।साथै उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै अस्पतालले भम्रमा नपर्न विज्ञप्ती मार्फत सेवाग्राहिलाई अपिल समेत गरेको छ।
यस्तो छ अस्पतालद्धारा जारी बिज्ञप्ती
मिति २०७७ साउन १३ गते झिल्को डटकम नामक अनलाइनमा यस अस्पतालसँग जोडिएर प्रकाशित भएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । समाचार सम्प्रेषण गर्नुपूर्व सम्वन्धित पात्रहरु (अस्पताल प्रशासन, डाक्टर र फार्मेसी संचालक) सँग कुनै पनि जानकारी नलिई आफूलाई लागेको कुरा एकतर्फी रुपमा लेखिएको समाचारको उद्देश्य नियतवस हो भन्ने प्रष्ट हुन्छ ।
कुनैपनि समाचार सम्प्रेषण गर्नुपूर्व तथ्यमा आधारित भएर मात्र गर्न हामी सम्वन्धित संचार माध्यमलाई आग्रह गर्दछौ । व्यक्तिको चरित्र हत्या गर्नेगरी ‘मनगणन्ते’ रुपमा लेखिएको समाचारले हामीलाई दुःखित बनाएको छ । आम पाठकहरुलाई यस्ता अपुष्ट समाचारबाट भ्रममा नपर्न समेत हामी यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौ ।
लुम्विनी मेडिकल कलेज पाल्पाले लुम्विनी सिटी अस्पतालको स्वामित्व छाडेपछि अस्पताल ‘नाफाखोर र दलाल’ को हातमा पुग्यो भनेर अस्पताल संचालकहरुको समेत अपहेलना हुने गरी समाचारमा उल्लेख गरिएको छ । यद्यपि यो अस्पताल लुम्विनी मेडिकल कलेजकै ५० प्रतिशत स्वामित्वमा संचालन भइरहेको कुरा आम सेवाग्राहीहरु माझ जानकारी गराउन चाहान्छौ । वास्तविक कुरा नबुझी आफूलाई मनमा लागेका कुरा आफूखुसी लेख्नु पत्रकार आचार संहिता विपरित भएको समेत हामीले महशुस गरेका छौ । व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले असन्तुलित रुपमा सम्प्रेषण गरिएको समाचार भ्रामक रहेको कुरा सवै सामु जानकारी गराउदछौ ।
मुलृुक कोरोना भाइरसका कारण लकडाउनले ठप्प भइरहेका बेला हामीले लकडाउनको शुरुवाती दिनदेखि नै सेवाग्राहीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी २४ सैँ घण्टा निरन्तर सेवामा खटिरहेको कुरा आम सेवाग्राहीहरुलाई सर्वविवितै छ । आगामी दिनमा पनि हामी सेवाग्राहीप्रति थप उत्तरदायी बन्दै हाम्रो सेवालाई चुस्तदुरुस्त र गुणस्तरीय बनाउने तर्फ सदैव प्रतिवद्ध हुने कुरा समेत यसै प्रेस विज्ञप्ती मार्फत सवैमा विश्वास दिलाउन चाहन्छौँ ।