भीमादेवीलाई मकै र आगोको भर : ‘ग्राहकले मकै खाए, हाम्रो पेट भरिन्छ’

रंजीता शर्मा, दाङ । तातो घाम होस, चाहे पानिको झरी किन नहोस । आगोमा मकै पोलेर वटुवालाइ कुरेर वसेको भेटीनुहुन्छ घोराही उपमहानगरपालिका १८ निवासी भीमीदेवी मल्ल ।

सडक छेउमा बसेर मकै पोलेर बेच्नु उहाको दैनिकी नै बनेको छ। उमेर ७१ वर्ष भयो तर पनि आफ्नो दुुखले छोडेको छैन उहाँलाइ । हस्पीटल रोडमा रहेको वाटोको छेउमा पिपलको वोटको चौपारीमुनी मकै पोलेर आफ्नो गुजरा चलाउनु भएको छ । कोरोनाका कारण यसरी लकडाउन होला भन्ने लागेको थिएन । एकदुइ हप्तामा खुल्ला भन्दा भन्दै लामो समय लकडाउनमा वस्नु पर्यो । अलिकती पाएको राहत पनि सकियो । आम्दानीको स्रोत नभएपछि मकै पोलेर दुइचार रुपैयाले खर्च चलाएको वताउनुहुन्छ । विहान खाना खाएर मकै कता छ खोज्न गाँउ तिर जाने र दिउसो वाह्र वजे देखि वेलुका सात वजे सम्म मकै पोल्छु । खर्च चलाउनलाई मकै पोलेर वेच्ने थालेको उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिका १८ निवासी भीमीदेवी मल्ल बटुवाका लागि मकै पोलेर तयार गर्नुहुदै। फोटो : रन्जिता शर्मा,घोराही।

 

श्रीमान दान वहादुर मल्ल एक वर्ष अगाडि देखि विरामी हुनुहुन्छ । हातगोडा चल्दैनन काम गर्न सक्नुहुदैन । दिनरात विछ्यौनामा ढलीरहनु हुन्छ । श्रीमानको औषधी खर्च र खाने खर्च सकिए पछि काममा हिडेको उहाँ वताउनुहुन्छ । दुइ छोरा र एक छोरी छन् । सवैको विहे भैसकेको छ । छोराहरु आफ्नो घर वनाएर वसेका छन् । उनीहरुको पनि कारोनाले गर्दा काम छैन घरमै वसेका छन् । आफूले खाने त छैन हामीलाइ के हेर्थे । वुढावुढी कोठा भाडा लिएर वसेका छौ । पेट त पाल्नु परयो नी त्यही भएर कोरनाको डर पनि लागेन, भोकले मर्नु भन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर वेच्न थालेको मल्ल वताउनुहुन्छ । दिनमा ३०,४० घोगा मकै पोलेर वेच्ने गरेको छु । एउटा मकैलाई १० देखि १५ रुपैयामा वेच्ने गरेको उहाँ वताउनुहुन्छ । मकै चपाउने आफ्ना दाँत छैनन , अरुलाई मकै पोलेर खुवाएर आफ्नो पेट पालेको मल्ल वताउनुहुन्छ ।
लकडाउन सुरु भए पछि सुरु सुरुमा त घरमै वसे । घरमा भएको खर्च सकियो अनि खोलामा पाइने खोलेसाग घरघरमा डुलेर वेचेर गुजारा चलाएको उहाँ वताउनुहुन्छ । वुढो मान्छे धेरै हिडन नसक्ने साग वेच्न भन्दा एकै ठाउमा वसेर मकै पोल्न सजिलो लाग्यो अनि यता लागे । पहिले त पुलिसले वजारमा निस्कन पनि दिएनन , खाना सकिए पछि त घरमा वसेर के गर्नु भनेर मकैको ब्यापार गर्न थालेको हो । अलि रात पर्यो भने आँखा देख्दैन झिसमिसेमै घरमा पुग्नु पर्छ । दिनभरी आगोमा मकै पोल्दा साझ आँखा पिरो भएर धमिलो हुन्छ । तर पनि दिनभरी छोडेको घर र श्रीमानको स्याहारमा जुट्न्पर्छ । उता श्रीमान भोकाएर मेरै वाटो कुरेर वसेका हुन्छन् । कहिले खाना वनाउन जागर लाग्छ र पकाउछु जागर नलागेको दिनमा दिउसो वचेको एक, दुई घुगा मकै खाएर रात कटाउने गरेको मल्ल वताउनुहुन्छ । विरामीले मकै खान सक्नुहुदैन दुध र पाउरोटी खान दिएर सुत्छौ । एकजना आमाले श्रीमानको स्याहार गदै जीवन जीउने आधार खोजीरहनु भएको छ । सहयोगी हातहरुले उहाँको दुखमा साथ दिएमा उहाँको जीवन सहज हुने थियो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.