बिमल प्रसाद पोख्रेल, प्युठान । होटल ब्यबसायी संघ प्युठानले घरभाडा छुट दिएका मनकारी घरबेटीहरुलाई मंगलवार सम्मान गरेको छ।
कोरोना भाईरस संक्रमणसँगै जारी लकडाउनका कारण व्यपार व्यवसाय ठप्प भएपछि मारमा परेका व्यवसायीहरुसँग निश्चित अवधीका लागि घरभाडा विशेष छुट दिने घरबेटीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको संघले बताएको हो ।नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) का नेता एवम पुर्ब शिक्षक टंक बहादुर खड्काले रु एक लाख १५ हजार,प्युठान नगरपालिका ४ बस्ने समाजसेवि किरण कुंवरले एक लाख १० हजार,स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका पुर्ब प्रमुख मोहन गिरीले रु ९० हजार घरभाडा छुट दिएका थिए । त्यस्तै, जुम्रीका श्रीप्रसाद श्रेष्ठले रु ५० हजार, तारा भण्डारीले रु ५५ हजार, लगायत अन्य दर्जनौं घरधनीहरुले आफ्नो घरमा ब्यबसाय गर्दै आएका ब्यबसायीलाई घरभाडा छुट दिएका थिए। संघले उनिहरुलाई आज संयुक्त रुपमा सम्मान गरेको हो।
कोभिड–१९ को प्रभावसँगै व्यवसाय ठप्प भएका बेला घरभाडा लिनु उचित नभएको भन्दै कसैको आग्रह अनुरोध भन्दा पनि स्वईच्छाले घरभाडा मिनाह गरेको घरवेटीहरुले बताएका छन् ।
होटल ब्यबसायी संघका केन्द्रीय सचिब चद्रलाल न्यौपानेले घरधनीलाई सम्मान गर्दै धन्यवाद दिए। घरधनिको सहयोग सम्मानयोग्य रहेको भन्दै ब्यबसायीहरुलाई आफ्नो ठाँउबाट हुन सक्ने सहयोग गर्न आफु तयार रहेको बताए।