नेपालगञ्ज । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले एक पानी उद्योगलाई जरिवाना गरेको छ ।
शुक्रबार भएको अनुगमनको क्रममा गुणस्तरहिन पानी उत्पादन र बिक्री वितरण गरेको पाइएको भन्दै बाँकेको बैजानाथ गाउपालिका-५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख जरिवाना गरिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।चौलागाईंका अनुसार उद्योगलाइ पानीको गुणस्तर सुधार गरि पुनः परिक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । गुणस्तर सुधार भएको प्रतिवेदन प्राप्त भएपछि मात्र उत्पादन तथा बिक्रीवितरण गर्न दिइने उहाँले दिनुभयो ।मध्यपश्चिम पानी उद्योगलाई तत्काल र २ लाख जरिवाना गरिएको हो ।
शुक्रबार भएको बजार अनुगमनमा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरिक्षण अधिकृत नेत्रा बोगटी लगायतको सहभागिता रहेको थियो ।