टेकबहादुर पुन, दाङ । जनता आवास कार्यक्रम मार्फत सोमबार लमही निवासी रिमा नेपालीको घरको शिलन्यास गरिएको छ ।
प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको शिलान्यास गर्नु भएको हो । ‘दुई कोठा र शौचालय सहितको घर बन्छ’ प्रदेश सभा सदस्य शर्माले भन्नुभयो–‘दलित विपन्न परिवारका नागरिकलाई सरकारले जनता आवास कार्यक्रम मार्फत पक्की घर बनाउँदै आएको छ ।’प्रदेश सभा सदस्य शर्मा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली, सहरी विकास तथा भवन कार्यालय दाङका प्रतिनिधि सत्यदेव यादव, वडा सदस्य जगनारायण चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी लगायतको उपस्थितमा घरको शिलान्यास गरिएको हो ।
‘बर्षायाममा उहाँलाई घरको चिन्ता साहै थियो,सधैं सोध्ने गर्नुहुन्थ्यो,अव घर बन्न थाल्यो’वडा अध्यक्ष बिमबहादुर केसीले भन्नुभयो–‘जस्को कोही छैन। उसको पक्षमा काम गर्ने सरकार छ भन्ने सबैले बुझ्न जरुरी छ।’ दाङमा २ सय ६७ घर बनाउन थालिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माको निर्वाचन क्षेत्र दाङ १(ख) मा मात्रै ४४ ओटा घर बनाउन थालिएको हो । विपन्न, दलित, धार्मिक अल्पसंख्यक मुस्किल, लोपन्मुख जातिलाई पक्की घर बनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख अनन्तकुमार देवले जानकारी दिनुभयो । एउटा घर बनाउन ३ लाख ३६ हजार रुपैयाँ सरकारले बजेट उपलब्ध गराउने उहाँले बताउनु भयो । दाङमा जनता आवासको घर बनाउन आर्थिक बर्ष २०७६/०७७ मा ८ करोड ९७ लाख १२ हजार बजेटबाट घर बनाउन थालिएको हो ।
जनता आवास मार्फत दाङमा २ सय ६७ घर बन्दै
जनता आवास मार्फत दाङमा २ सय ६७ घर बन्दै
Advertisement
तपाईको प्रतिक्रिया