कामना डेली, प्युठान। जिल्ला अस्पताल प्युठानमा कार्यरत नर्सिङ स्टाफहरुले सरकारले तोके बमोजिम जोखिम भत्ता नपाएको भन्दै असन्तुष्ट्री जनाएका छन् ।
कोरोना माहामारीका बिच जोखिम मोलेर काम गरेको ४ महिना बित्दासम्म कोभिड १९ निर्देशिकाले तोके अनुसारको पूरा भत्ता आफुहरुले नपाएको भन्दै उनिहरुले असन्तुष्टि जनाएका हुन।असन्तुष्ट नर्सिङ स्टापहरुले भने कामको मुल्याकंन नै नगरी अस्पतालले भत्ता दिएको आरोप लगाएका छन् । ‘ नर्सहरु बीच नै भत्तामा सम्मान छैन, असन्तुष्ट समूहका एक नर्सले टेलिफोनमा भनिन ‘अग्रपंक्तीमा काम गर्ने नर्सिङ स्टापहरुको कार्य मुल्याङ्कन समेत नगरि भत्ता वितरण गरियो ।’ नर्सिङहरुलाई प्रोत्साहन भन्दा पनि मनोबल गिराउने काम भयो।उनले भनिन।अस्पतालले ३ महिना २१ दिनको जोखिम भत्ता बितरण गर्नुपर्ने भएपनी १४ दिनको मात्रै भत्ता दिएको असन्तुष्ट्र नर्सहरुले बताएका हुन।नर्सहरुले भत्तामा ठूलो विभेद भएको गुनासो समेत गरेका छन। ‘नर्स र अन्य कर्मचारी बिच अाकास जमिनकाे विभेद पाईयाे’ उनले भनिन,’ ‘मरिमेटि काम गर्ने नर्सिङ, सुबिधा पाउने अन्य कर्मचारी?’ भत्ता बितरणमा चित्त नबुझेपछी २३ जना नर्सहरुले पाएको दुई साताको जोखिम भत्ता कुल १ लाख ८५ हजार ५ सय ४ रुपैयां शुक्रबार अस्पताललाई नै फिर्ता गरिदिएका हुन।’भत्ता बितरणमा चित्त बुझेन भनेर हामिले यश अघि पनि अस्पताललाई पत्र दियौ’ नाम नबताउने सर्तमा एक नर्सले भनिन,” त्यस्को पनि सुनुवाई नभएपछी आज चेक मार्फत पैसा फिर्ता गरेका हौ।’अस्पतालमा कार्यरत डाक्टरहरुले समेत निर्देशिका बमोजिम जोखिम भत्ता नपाएको दुखेसो पोखेका छन।प्युठान अस्पतालका प्रमुख डा.अमृत पन्थीले यश बारे सम्वन्धित मन्त्रालयमा खबर गरिएको जानकारी दिए।
गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।आदेश अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुने भनिएको थियो।